धनगढी । काठ्माण्डौ केन्द्रित शिक्षक आन्दोलनमा प्राविधिक धारका विद्यालय शिक्षकहरूको पनि सहभागिता रहेको छ । संसद्मा डेढ वर्षदेखि थन्किएको विद्यालय शिक्षा विधेयक पारित गर्न माग गर्दै देश भरका शिक्षक विगत १७ दिन देखि काठमाडौंमा आन्दोलनरत छन ।
सोही आन्दोलन लाई समर्थन गर्दै प्राबिधिक धारका शिक्षकहरू पनि सडकमा उत्रिएका छन । हाल मुलुक भर करिब ५ सय ३७ प्राबिधिक धारका बिधालयहरु रहेका छन । जसमा सिभिल इन्जिनियरिङ्ग, कम्पुटर इन्जिनिरिङ्ग, इलेक्टि्कल इन्जिनियरिङ्ग, बाली बिज्ञान, पशु बिज्ञान र संगीत गरि ६ प्रकारका प्राबिधिक बिधा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय अन्तर्गत संचालनमा रहेका छ्न ।
सो बिधालयहरुमा झन्डै पाँच हजार भन्दा बढी प्राबिधिक शिक्षक कर्मचारी कार्यरत रहेका छ्न।प्राबिधिक धारका शिक्षकहरुको स्थाइ दरबन्दी कायम गरियोस, हाल शिक्षक पेसामा रहेका शिक्षकहरुलाइ आन्तरिक प्रक्रिया वा प्रतिशतका आधारमा स्थाइ परिक्षा गर्न माग रहेको टेक्निकल टिचर्स एसोसिएसन सुदुर पश्चिम प्रदेश अध्यक्ष इन्जिनियर लोक राज भट्टले बताए ।
उनले आफुहरुलाई स्वत:स्थाइ गर भन्ने माग नहेको बताउदै प्राबिधिक धार शिक्षा ऐन नियमावलि तयार गरि पेसागत हकहित सुरक्षाको प्रत्याभूती कायम गर्नका प्राबिधिक धारका शिक्षकहरु आन्दोलनमा उत्रिएको बताएका छन ।
उनले प्राविधिक धार शिक्षकहरुको आन्दोलनमा नेपाल इन्जिनियर्स एशोसिएसनको ऐक्यबद्धताले थप ऊर्जा थपिँदै गएको बताए । आजदेखि प्राबिधिक धारका शिक्षकहरु फरक तरिकाले आन्दोलनमा सहभागी हुने उनको भनाई छ ।
Related