धनगढीको चैतन्य एकेडेमी विद्यार्थीको पहिलो रोजाइमा


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०८१ मा प्रकाशित     
धनगढीको चैतन्य एकेडेमी विद्यार्थीको पहिलो रोजाइमा

धनगढी १२ चैत, धनगढी वडा नम्बर १ शिवनगरमा रहेको चैतन्य एकेडेमी पछिल्लो समयमा विद्यार्थीको पहिलो रोजाइमा परिरहेको छ। विगत तीन वर्षदेखि चैतन्य एकेडेमीमा प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षाहरू सञ्चालन हुँदै आएका छन्।

चैतन्य एकेडेमीले लोकसेवातर्फ नासु, शाखा अधिकृत , खरिदार, यस्तै शिक्षक सेवा, बैंकिङ तयारी कक्षाहरू, प्रास, सुरक्षा निकाय, स्वास्थ्य क्षेत्रका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ।

चैतन्य एकेडेमीका तयारी कक्षामा भर्ना भएका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता हात पारिसकेका छन् । लोकसेवादेखि शिक्षक सेवा स्वास्थ्य बैंकिङ लगायत यस वर्षको शिक्षक सेवा लाइसेन्समा समेत अधिक विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको चैतन्य एकेडेमीका व्यवस्थापकहरूको दाबी रहेको छ।

चैतन्य एकेडेमी अब छिट्टै वनरक्षक र विभिन्न ब्रिज कोर्सका तयारी कक्षाहरू समेत सञ्चालन गर्ने गरी अगाडि बढेको सञ्चालकहरुले जानकारी दिए।

चैतन्यमा पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापले गर्दा पनि आफूहरू आकर्षित भएको विद्यार्थीहरूले बताएका छन्। चैतन्य एकेडेमीले पढाइ सँगसँगै निरन्तर परीक्षा र अतिरिक्त कक्षाहरू चालन गर्नाले आफूहरूलाई झन् सहज भएको चैतन्य एकेडेमीमा नासुको तयारी गरिरहेका विद्यार्थी सन्तोष रावलले बताए।

यस्तै विद्यार्थीहरुलाई सफलता प्रदान गर्नु हाम्रो पहिलो कर्तव्य भएकाले सबैको अपेक्षा अनुसार अगाडि बढ्ने एकेडेमीका सञ्चालक व्यवस्थापकहरूको भनाइ ।

No description available.No description available.No description available.No description available.No description available.rojgar mela

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap