धनगढीको ग्लोबल मोवाईल ग्यालरीबाटमोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा छानबिन सुरु


लेखक : सुन्दराञ्चल      माघ ७, २०७८ मा प्रकाशित     
धनगढीको ग्लोबल मोवाईल ग्यालरीबाटमोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा छानबिन सुरु

धनगढी माघ ७ । धनगढीको ग्लोबल मोवाईल ग्यालरीबाट मोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा राखेर छानबिन सुरु गरेको छ ।

बिहीवार लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोवाईल ग्यालरीमा पुगेका एक जना प्रहरीले मोवाईल चोरी गर्दै गरिरहेको भिडिओ पसलको सिसिटिभीमा कैद भएको थियो ।

ग्यालरीमा खानतलासी गर्न गएका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरासतमा राखेर छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए ।

मोवाईल ग्यालरीका सञ्चालक सुवास रावलले खानतलासीको नाममा पसलमा राखिएको नयाँ मोवाईल लगेको बताए । मोवाईलको खाली डब्बा देखेपछि सिसिटिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको थिए ।

त्यही निवेदन र भिडियोको आधारमा प्रहरीले दुवै जनामाथि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए । बिहीवार प्रहरीले लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ रहका थिए । उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको थियो Paschim Today

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap