धनगढीको ग्लोबल मोवाईल ग्यालरीबाटमोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा छानबिन सुरु


लेखक : सुन्दराञ्चल      माघ ७, २०७८ मा प्रकाशित     
धनगढीको ग्लोबल मोवाईल ग्यालरीबाटमोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा छानबिन सुरु

धनगढी माघ ७ । धनगढीको ग्लोबल मोवाईल ग्यालरीबाट मोवाईल चोरी गर्ने दुई जना प्रहरीलाई हिरासतमा राखेर छानबिन सुरु गरेको छ ।

बिहीवार लागू औषधको कारोबार भइरहेको सूचना पाएपछि मोवाईल ग्यालरीमा पुगेका एक जना प्रहरीले मोवाईल चोरी गर्दै गरिरहेको भिडिओ पसलको सिसिटिभीमा कैद भएको थियो ।

ग्यालरीमा खानतलासी गर्न गएका प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरासतमा राखेर छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । दुवै जना जिल्ला प्रहरी कार्यालयको टाइगर टोलीमा कार्यरत थिए ।

मोवाईल ग्यालरीका सञ्चालक सुवास रावलले खानतलासीको नाममा पसलमा राखिएको नयाँ मोवाईल लगेको बताए । मोवाईलको खाली डब्बा देखेपछि सिसिटिभी क्यामेरा हेर्दा प्रहरीले नै मोबाइल चोर्दै गरेको देखेपछि चोरीमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको थिए ।

त्यही निवेदन र भिडियोको आधारमा प्रहरीले दुवै जनामाथि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए । बिहीवार प्रहरीले लागू औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक विष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ रहका थिए । उनीहरूको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको थियो Paschim Today

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap