धनकुटामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०७९ मा प्रकाशित     
धनकुटामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २० वर्षीय युवक पक्राउ

धनकुटा, वैशाख २२ । धनकुटामा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।स्थानीय १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका ३ का २० वर्षीय सुवास कटुवाल पक्राउ परेका हुन्।

उनले गत फागुन ८ गते किशोरीलाई बलात्कार गरेको भन्दै गएको सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई बुधबार घरैबाटै प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार दुबै पक्षले पीडक पक्षले घटना गाउँमै मिलाउने प्रयास गरेका थिए। तर, छलफलमा दुई पक्षबीच कुरा नमिलेपछि प्रहरीसमक्ष उजुरी परेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap