देशभर २,५६८ जनामा कोरोना पुष्टि , १८ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
देशभर २,५६८ जनामा कोरोना पुष्टि , १८ जनाको मृत्यु

धनगढी १८ साउन । आइतबार नेपालमा २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अबधिमा ८ हजार ४ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ ज्ना र ४ हजार २ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । जसमध्ये ६ लाख ५६ हजार १९७ जना निको भैसकेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टाको अबधिमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कोरोनावाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap