धनगढी १८ साउन । आइतबार नेपालमा २ हजार ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अबधिमा ८ हजार ४ सय २ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ८१ ज्ना र ४ हजार २ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । जसमध्ये ६ लाख ५६ हजार १९७ जना निको भैसकेका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अबधिमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कोरोनावाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।