देशभर दीपावलीको रौनक, लक्ष्मीको पूजाआराधना गरी मनाइँदै


लेखक : सुन्दराञ्चल      कार्तिक १५, २०८१ मा प्रकाशित     
देशभर दीपावलीको रौनक, लक्ष्मीको पूजाआराधना गरी मनाइँदै
कार्तिक १५, यमपञ्चक अर्थात् तिहारको आज लक्ष्मीपूजा । धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइँदैछ ।घरघरमा सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर श्रद्धापूर्वक लक्ष्मीलाई आमन्त्रण गरिन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता भएकाले आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी भक्तिभावपूर्वक लक्ष्मी पूजा गरिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने चलन छ ।

 

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी र कुवेर स्थापना गरेर गरगहना, पैसा, धान-चामल तथा फूल र सेलरोटी चढाइ विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ । आज लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । आजैदेखि तिहारका अवसरमा समूह बनाई घरघरमा भैली खेल्न सुरु भएको छ ।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap