देशभर चिसो बढ्ने क्रम कायमै


लेखक : सुन्दराञ्चल      माघ २, २०७८ मा प्रकाशित     
देशभर चिसो बढ्ने क्रम कायमै
माघ २ ,हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणाली नरहे पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।साथै, तराईका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ ।

देशभर चिसो बढ्ने क्रम कायमै रहेकोले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ  फरकधार

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap