देउवाले नेपालसँग मागे मन्त्री हुनेहरुको नाम


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
देउवाले नेपालसँग मागे मन्त्री हुनेहरुको नाम

काठमाण्डाै ४ भाद्र । नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल सरकारमा सहभागी हुने भएका छन् । बुधबार निर्वाचन आयोगमा नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालले बिहीबार विहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

यो भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।

यी तीन नेताले बिहीबारको भेटमा सरकारका आगामि कदमबारे छलफल गरेका थिए । यतिमात्र होइन, नेपाल समूह सरकारमा सहभागी हुने विषयमा पनि यो भेटमा छलफल भएको थियो ।

यही भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई अब सरकारमा सहभागी हुनेहरुको नाम माग गरेका छन् ।

‘उहाँहरु सरकारमा आउने निश्चित हो, त्यसैले दल दर्ता प्रक्रिया सकिएलगत्तै सरकार विस्तार हुने भएकाले देउवाले नेपालसँग मन्त्रीहरुको नाम माग्नु स्वभाविक हो,’ कांग्रेसका एक नेताले फरकधारलाई बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap