देउवाले नेपालसँग मागे मन्त्री हुनेहरुको नाम


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
देउवाले नेपालसँग मागे मन्त्री हुनेहरुको नाम

काठमाण्डाै ४ भाद्र । नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल सरकारमा सहभागी हुने भएका छन् । बुधबार निर्वाचन आयोगमा नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालले बिहीबार विहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

यो भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।

यी तीन नेताले बिहीबारको भेटमा सरकारका आगामि कदमबारे छलफल गरेका थिए । यतिमात्र होइन, नेपाल समूह सरकारमा सहभागी हुने विषयमा पनि यो भेटमा छलफल भएको थियो ।

यही भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई अब सरकारमा सहभागी हुनेहरुको नाम माग गरेका छन् ।

‘उहाँहरु सरकारमा आउने निश्चित हो, त्यसैले दल दर्ता प्रक्रिया सकिएलगत्तै सरकार विस्तार हुने भएकाले देउवाले नेपालसँग मन्त्रीहरुको नाम माग्नु स्वभाविक हो,’ कांग्रेसका एक नेताले फरकधारलाई बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap