देउवालाई गगनको प्रश्न : कक्षा १२ को परीक्षामात्रै स्थगित किन ?


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
देउवालाई गगनको प्रश्न : कक्षा १२ को परीक्षामात्रै स्थगित किन ?

काठमाण्डाै २५ साउन । काँग्रेस नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले यसको आधार तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ?’, थापाले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो।’

सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेपनि त्रिभुवन विश्वविद्यालयलगायतका परीक्षा जारी रहेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय थियो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने बताए ।

उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ
छ ।
उसो त ट्वीटर लगायतका सामाजिक सञ्जालमा समेत त्रिविको परीक्षा स्थगित गर्न माग गर्दै अभियान चलाइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap