देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ ?


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ ?

२६ साउन, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका छन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता ओलीले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाएका छन् ।

‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै,’ उनले भनेका छन्, ‘नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap