देउवापछि नेपालसँग प्रचण्डको भेट


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
देउवापछि नेपालसँग प्रचण्डको भेट

काठमाडौं १७ भाद्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच आज सिंहदरबारमा समसामयिक विषयमा छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बिहान बालुवाटारमा भेटेपछि प्रचण्ड नेपाल भेट्न सिंहदरबार पुगेका हुन् । देउवा र प्रचण्डबीच बिहान १० बजेदेखि करिब ५० मिनेट छलफल भएको स्रोतले जानकारी दियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap