देउवाकै गृहजिल्लामै क्रियाशील सदस्यता विवाद


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
देउवाकै गृहजिल्लामै क्रियाशील सदस्यता विवाद

२२ भदौ डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामै क्रियाशील सदस्यता विवाद बढेको छ । विवादकै कारण २५ भदौमा तोकिएको वडा अधिवेशन अन्यौलमा परेको छ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको डडेल्धुराको क्रियाशील सदस्यको नामावलीमा जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले आपत्ति जनाएको छ । जिल्लाले पठाएको क्रियाशील सदस्यता सूचीमा व्यापक नाम थपघट भएको आरोप मल्ल पक्षको छ ।

जिल्लाबाट समायोजनसहित पाँच हजार आठ सय चार जनाको क्रियाशील सदस्यको नाम पार्टीको आधिकारिक वेवसाइटमा इन्ट्री गरिएकोमा ४६० जनाको नाम काटिएको डडेल्धुरा पार्टी कार्यालयका सचिव रामबहादुर विष्टले जानकारी दिए ।

‘चार वटा तहबाट सिफारिस गरेर जिल्लाबाट इन्ट्री भएका क्रियाशील सदस्यता सूचीसहित निर्णय पनि केन्द्रमा पठाएका थियौं,’ उनले भने, ‘तर केन्द्रले सार्वजनिक गरेको नामावलीमा ४६० जनाको नाम काटिएको छ ।’

क्रियाशील सदस्यता सूचीबाट आफ्नो नाम हटाएको भन्दै अमरगढी नगरपालिका ९ का वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरेर पार्टीविरुद्ध किरिया बसेका छन् ।

उनका अनुसार जिल्लाले नपठाएका तीन सय १२ जनाको नाम केन्द्रबाट थपिएको छ । तर केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका एक सदस्यका अनुसार डडेल्धुरामा समायोजनमा छुटेका क्रियाशील सदस्यको नाम थपिएको हो ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनअघि नेकपा माओवादी केन्द्रका नेता जनकराज कलौनी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिले कलौनीलाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय गरेको थियो । तर जिल्लाबाट उनले सिफारिस गरेका नाममध्ये करिव एक सय जनाको नाम मात्रै इन्ट्री भएको थियो ।

कांग्रेस सभापति देउवानिकट डडेल्धुराका एक नेताले समायोजनबाट आएका क्रियाशील सदस्यको नाम जिल्लाले हटाएकाले केन्द्रबाट थपिएको दावी गरे । ‘जिल्लाले नै नाम पठाउँदा प्रक्रिया मिच्ने काम भएको थियो,’ ती नेताले भने, ‘अहिले त्यसलाई छानविन समितिले थोरै भएपनि सम्बोधन गरेको छ । जिल्लाले नाम पठाउँदा नै एकपक्षीय रुपमा इन्ट्री गरेको थियो ।’

जिल्ला सभापति मल्ल पक्षले भने केन्द्रबाट गुट हेरेर क्रियाशील सदस्यको नाम काट्ने र थप्ने काम गरिएको आरोप लगाएको छ । ‘स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारको नाम क्रियाशील सदस्य सूचीबाट हटाएको छ, भने कहीँ बागी उम्मेदवारका समर्थकको नाम सूचीमा थपिएको छ,’ कांग्रेस जिल्ला पार्टी कार्यालय सचिव विष्टले भने, ‘क्रियाशील सदस्यता शतप्रतिशत वृद्धि गर्ने निर्णय अनुसार थपिएका क्रियाशील सदस्यको नाम हटाइएको छ । तिनीहरुको ठाउँमा केन्द्रबाट नाम थपिएको छ ।’

क्रियाशील सदस्यता सूचीबाट आफ्नो नाम हटाएको भन्दै अमरगढी नगरपालिका ९ का वडा सभापति नरबहादुर पालले कपाल मुण्डन गरेर पार्टीविरुद्ध किरिया बसेका छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनले पछि उम्मेदवारी फिर्ता लिएका थिए । कांग्रेसमा आफूले गरेको ३० वर्षको लगानी सिध्याउने खेल भएको उनको आरोप छ । ५२ वडा रहेको डडेल्धुरामा अधिकांश वडामा क्रियाशील सदस्यता विवाद देखिएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको छ । डडेल्धुरामा विवादका कारण शनिबार साँझ मात्र केन्द्रीय निर्वाचन समितिले अन्तिम क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको हो ।

क्रियाशील सदस्यतामा देखिएको विवाद सुल्झाएपछि मात्रै वडा अधिवेशन हुने जिल्ला सभापति मल्ल पक्षको दावी छ । निर्वाचन समितिले डडेल्धुरामा वडा अविधेशनका लागि निर्वाचन अधिकृत पठाइसकेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap