दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला


लेखक : सुन्दराञ्चल      फाल्गुन २४, २०७९ मा प्रकाशित     
दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला

२४ फागुन, अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ ।

एयरलाइन्सको आजको दुबई-काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिला थिए । जसमा पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले जहाज उडाएका थिए ।

एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका हुन् ।

यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो ।

आज ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap