धनगढी २३ भाद्र । कैलालीको गोदवरी नगरपालिका वडा नं ५ का एक युवक पक्राउ परेका छन् । चोरी मुद्दामा दुई वर्षदेखि फरार रहेका गोदावरी ५ का २३ वर्षीय जीवन चौधरी पक्राउ परेका हुन् ।
उनलाई २०७६ भाद्र महिनाको १८ गते कैलाली जिल्ला अदालतले २ वर्ष ११ महिना ९ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
तर उनी सोहि समयदेखी फरार रहदै आएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई सोमवार पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरेको छ ।