दीपिकाले छाडेको मामीको प्रमुखमा प्रियंका चोपडा नियुक्त


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
दीपिकाले छाडेको मामीको प्रमुखमा प्रियंका चोपडा नियुक्त

नायिका दीपिका पादुकोणले ४ महिना अगाडि मुम्बई एकेडमी अफ मुभिङ इमेजको पदबाट राजीनामा दिएकी थिएन् । विवादमा फसेपछि दीपिकाले पदबाट राजीनामा दिएकोे बताइन्छ । ४ महिनादेखि खाली रहेको यो एकेडेमीको प्रमुखमा नायिका प्रियंका चोपडालाई नियुक्त गरिएको छ ।

मामीको प्रमुखमा नियुक्त भएपछि प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्–‘मलाई लिडिङ फिल्म फेस्टिभलको प्रमुख पदको जिम्मेवारी सम्हाल्न पाएकोमा गर्वको महशुश भएको छ । म सधै नै यो कुरामा विश्वास गर्छु कि भारतीय चलचित्रसँग दुनियाँलाई देखाउनका लागि निकै कुराहरु छन् । यो एउटा मिसन हो, जसलाई म आफैले सेट गरेको थिएँ । यो मेरो दिलको नजिक छ ।’

मामीमा नीता अम्बानी, अनुपमा चोपडा, फरहान अख्तर, इशा अम्बानी, कविर खान, किरण राव, राणा दग्गुबाती, रितेश देशमुख, रोहन सिप्पी, सिद्धार्थ रोय कपुर, विक्रमादित्य मोटवानी, विशाल भारद्धाज, जोया अख्तर, अजय बिजली, आनन्दी जी महिन्द्रा आवद्ध छन् ।

प्रियंकाले मामी फिल्म फेस्टिभल पहिलाको भन्दा फरक हुने दाबी समेत गरेकी छिन् । हरेक बर्ष एक सातासम्म आयोजना हुने यो फेस्टिभल यसपटक भने अक्टुबरबाट सुरु गरेर सन् २०२२ को मार्चसम्म चल्नेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap