दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज ८, २०७८ मा प्रकाशित     
दिल्लीको अदालतमा गोली चल्यो, तीन जनाको मृत्यु

८ असोज, काठमाडौं । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

एजेन्सीहरुको सहयोगमा

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap