पुस २३, धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको बेला आधारभुत बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मंसिर १५ गतेबाट शुरु गरेको अभियानलाई निरन्तरता दिदै आज धनगढी ११ बेला गाउँमा रहेको बिद्यालयका १२० जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । यस अभियान अन्तर्गत चिसो मौसममा कसैले पनि समस्या भोग्नु नपरोस भन्ने उद्देश्यले बेला आधारभुत बिद्यालयका १ सय २० जना बिद्यार्थीहरुलाई स्वूटर र टोपी वितरण गरेको भट्टले बताए । गाउँमा रहेका अति बिपन्न ब्यक्ती र आश्रित बालबालिका तथा बिपन्न बिद्यार्थी पढ्ने बिद्यालय हरुमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
यस अघी भट्टले ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को भगवती आधारभुत बिद्यालयमा अध्यायनरत ५० बिद्यार्थीहरुलाई, धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को बेहडाबाबा आधारभुत बिद्यालयमा १३७ विद्यार्थी, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को शिव पावर्ती आधारभुत बिद्यालयमा अध्यायनरत ६० जना बालबालिकाहरुलाइ झोला, स्वूटर र टोपी वितरण गरिएको थियो । बिद्यालयले छनौट गरेका बिपन्न बिद्यार्थीहरुलाई सो समान उपलब्ध गराएको थियो । यसका साथै आमाको माया छात्रबासमा कम्बल सहयोग गरिएको थियो ।