दिगो विकास लक्ष्यका सूचनालाई प्राथमिकता दिएर काम गर्न संसदीय समितिको निर्देशन


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
दिगो विकास लक्ष्यका सूचनालाई प्राथमिकता दिएर काम गर्न संसदीय समितिको निर्देशन

१३ भदौ, काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनालाई उच्च प्राथमिकता दिई काम गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औंल्याएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने पनि औंल्याएको छ । समितिले तीनवटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्तितर्फ पहल गर्ने निर्णय समेत गरेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिइन् ।

‘आजको बैठक र छलफलपछि यो समिति नेपाल सरकार तथा सरोकारवालाहरुलाई देहाय बमोजिमको जिज्ञासा वा उहाँहरुलाई निर्देशन दिन्छ र दिगो विकास हासिल गर्न संसद र सांसदको पनि विशेष भूमिकाको लागि निम्न प्रतिवद्धता व्यक्त गर्दछ,’ उनले भनिन्, ‘हामीले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगतिबारे र चुनौती तथा समाधानका उपायहरुबारे छलफल र अनुगमन गर्नु जरुरी छ । त्यसैले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिई कार्य गर्न यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ र चरणवद्ध रुपले समितिले अनुगमन पनि गर्नेछ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap