दार्चुला घटना : १६ दिनसम्म बनेन छानविन टोलीको प्रतिवेदन


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
दार्चुला घटना : १६ दिनसम्म बनेन छानविन टोलीको प्रतिवेदन

३२ साउन, काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे छानविन गर्न गठित टोलीले १६ दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

गृहमन्त्री बालकृष्ण खाँणले सह–सचिव जनार्दन गौतमको नेतृत्वमा छानविन टोली गठन गर्दै १० दिनको समय दिएका थिए । घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीले समय अभाव भएको भन्दै समितिले थप ७ दिन म्याद दिन आग्रह गर्यो । ‘त्यहीअनुसार थप ७ दिनको म्याद समितिलाई दिइएको छ’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने ।

थपिएको समय मंगलबारबाट सकिँदै छ । समितिका संयोजक गौतम भन्छन्, ‘प्रतिवेदनको विषयमा छलफल भइरहेको छ, भोलि बुझाउन नसकिए म्याद थपका लागि आग्रह गर्छौं ।’

अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताए ।

संयोजक काठमाडौंमा, अरु सदस्य सुदूपश्चिममा

छानविन टोलीको नेतृत्व गरेका गृह मन्त्रालयका सह–सचिव गौतम अहिले काठमाडौं आएका छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट भने सुदूरपश्चिममै छन् । टोलीले अझै सूचना र तथ्य संकलन गरिरहेको र त्यो काम सकिएपछि प्रतिवेदन तयार पारिने संयोजक गौतम बताउँछन् ।

‘खासमा जयसिंह धामीको खोजीलाई प्राथमिकता दिएकाले पनि प्रतिवेदन तयार गर्न ढिला भयो’ संयोजक गौतम भन्छन्, ‘झण्डै १५÷२० किलोमिटरको दूरिमा खोजी गर्दा कुनै पत्तो लागेन ।’

केही तथ्यहरुलाई स्थानीय प्रहरीमार्फत पनि प्रमाणीकरण गर्ने प्रयास भइरहेको गौतम बताउँछन् । ‘यो पेचिलो विषय हो, हतारमा हल्का ढंगले प्रतिवेदन तयार गरेर हुँदैन’ गौतमले अनलाइनखबरसँग भने, ‘गम्भीरतापूर्वक छानविन भइरहेकाले समय लागेको हो ।’

निष्कर्षमा विवाद

समितिका अर्का एक सदस्य चाहिँ एसएसबीको संलग्नताबारे कति बोल्ने भन्ने विषयले प्रतिवेदन अड्किएको दाबी गर्छन् ।

गृहमन्त्री खाँणले समितिले दिने प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुने बताइरहेका छन् । त्यसैले उच्च सरकारी स्तरमा छलफलपछि मात्रै निष्कर्षमा पुग्ने ती सदस्यको दाबी छ ।

उनको भनाइमा तथ्य र बयानले एसएसबीले तुइनको डोरी काटेको नभइ फुकालेको भेटिएको छ । तर डोरी फुकाउँदा दुर्घटना भएर धामी बेपत्ता भएको भन्ने वा डोरी फुकालेर एसएसबीले बेपत्ता पारेको भन्ने विषयमा समितिका सदस्यहरु टुंगोमा पुगेका छैनन् ।

गृहमन्त्रालयका एक उच्च अधिकारीले पनि एसएसबीले अरु बेला पनि डोरी फुकाउने गरेको र हालै भएको घटनामा संयोगले मान्छे तुइनमा गएकाले दुर्घटना भएको देखिएको दाबी गरे ।

तर प्रत्यक्षदर्शी कल्याणसिंह धामीले नदी तर्न डेढ मिटर मात्रै बाँकी रहँदा एसएसबीले डोरी निकालिदिएको बताउँछन्  । ‘मैले मान्छे छ, ननिकाल्दिनु भनिरहेको थिएँ’ उनले टेलिफोन कुराकानीमा अनलाइनखबरसँग भने, ‘तर एसएसबीले टेरेन ।’

अनुसन्धानमा भारतीय असहयोग 

प्रकरणको अनुसन्धानमा भारतीय पक्षले असहयोग गरेको छ । एसएसबीविरुद्ध बयान दिने कतिपय स्थानीयलाई धम्कीसमेत दिइएको छ ।

धामीको खोजीमा ड्रोन प्रयोग गर्न पनि भारतले अनुमति दिएन । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार धामीको खोजीका लागि ड्रोन उडाउन खोजिएको थियो ।

तर भारतीय पक्षले हालसम्म जवाफ नदिएपछि धामीको नेपाली क्षेत्रमा मात्रै खोजी भएको छ । ‘कति कुर्ने, धेरै पर्खिन सक्ने अवस्था थिएन, त्यसैले त्यतिकै खोजी गर्यौं’ उनले भनिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap