दार्चुला घटना : छानबिन टोली धनगढीमा, मुख्यमन्त्री र कानून मन्त्रीसँग भेटघाट


लेखक : सुन्दराञ्चल      साउन २७, २०७८ मा प्रकाशित     
दार्चुला घटना : छानबिन टोली धनगढीमा, मुख्यमन्त्री र कानून मन्त्रीसँग भेटघाट

२७ साउन, धनगढी । दार्चुलामा भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिनका लागि गठित टोली धनगढी पुगेको छ ।

गृह मन्त्रालयका सह-सचिव जनार्दन गौतम नेतृत्वको टोलीले बुधबार बिहान प्रदेशको अस्थायी राजधानी धनगढी पुगेर सुदूरपश्चिम मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीसँग भेटघाट गरेको छ । सो क्रममा छानबिन टोलीले दार्चुलामा रहेर गरेका कामको बारेमा समेत मुख्यमन्त्री भट्ट र कानून मन्त्री जोशीलाई जानकारी गराएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले गृहको टोलीले दार्चुलामा सरोकारवाला निकाय, पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट तथा छलफल, घटनास्थलको अवलोकन गरेको विषयमा जानकारी गराएको बताउँदै प्रतिवेदन भने काठमाडौँ पुगेर बुझाउने बताइन् ।

मन्त्री जोशीले टोलीलाई यहाँको सीमा सुरक्षा, भारतीय पक्षले सीमा नाका दिने सास्ती लगायतका विषयमा जानकारी गराउँदै अगामी दिनमा यस्ता दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझाव समेत दिएकी छन् ।

‘सिंहदरबारको आँखाबाट सीमा सुरक्षा र शान्ति सुरक्षाका हकमा सरकारको सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण कमजोर छ । भन्ने कुरा मैले पनि राखेकी छु,’ मन्त्री जोशीले भनिन्, ‘सशस्त्र प्रहरीका बीओपीहरु व्यवस्थित गर्नुपर्ने, दार्चुला तिङ्कर सडक, महाकाली करिडोर र महाकाली नदीमा निर्माणाधिन झोलुङ्गे पुल शिघ्र निर्माण गरेर आवतजावतका लागि दार्चुलाबासीले भारतीय भूमीको प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने सुझाव दिए ।’

मंगलबार दार्चुलाबाट फर्किएको टोलीले मुख्यमन्त्री र कानून मन्त्रीलाई छुट्टाछुट्टै रुपमा भेटेको हो । बैतडी र डडेल्धुरामा महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गरेर फर्किएको टोली आज कञ्चनपुर जादैछ ।

छानबिन टोलीका सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेलले कञ्चनपुरमा पनि महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

गत १५ साउनमा भारतीय भूमीको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी काटिदिएपछि खसेर व्याँस गाउँपालिका-२ का जयसिंह धामी बेपत्ता भएका थिए ।

गृह मन्त्रालयले घटनाको छानबिनका लागि सह-सचिव गौतमको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । करीब ८ दिनसम्म दार्चुलामा बसेर काम गरेको टोलीले अहिले प्रदेशको राजधानी र महाकाली नदीसँग जोडिएका जिल्लामा सरोकारवालासँग भेटघाट र छलफल गरिरहेको हो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap