दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
दार्चुला घटनाको विरोधमा मोदीको पुत्ला दहन

१८ भदौ, काठमाडौं । दार्चुला घटनाको विरोधमा  माधव नेपाल निकट अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ । शुक्रबार रत्नराज्‍य लक्ष्मी क्‍याम्पस (आरआर) अगाडी प्रदर्शन गर्दै अनेरास्ववियूले मोदीको पुत्ला जलाएको हो ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । सरकारले यस विषयमा छानबिन गर्न साउन १७ गते  ५ सदस्यीय समिति गठन गरेको थियो । छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap