दार्चुलामा मह उत्पादनमा वृद्धि


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
दार्चुलामा मह उत्पादनमा वृद्धि

धनगढी ३ भाद्र । दार्चुलामा मह उत्पादनमा वृद्धि हुन थालेको छ। जिल्लामा गत वर्ष मात्रै १२ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार अन्य वर्षभन्दा गत वर्ष पानी कम परेकाले उत्पादन बढेको हो। जिल्लाका किसानले गत वर्ष २५ सय आधुनिक घार तथा ४ हजार मुणेघारबाट ५२ मेट्रिक  टन मह उत्पादन गरेको कार्यालयले जनाएको छ।

जुन अन्य वर्षको तुलनामा १२ प्रतिशतले बढी हो। जिल्लामा उत्पादित मह धनगढी, महेन्द्रनगर, काठमाण्डौं, पोखरा, चितवनलगायत जिल्लाभित्रकै सहर बजारमा खपत हुँदै आएको बताइएको छ। दार्चुलामा वार्षिक ५ करोड २० लाखको मह बिक्री हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले बताए। पछिल्लो समय सरकाले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गरेकाले यसतर्फ किसानको चाँसो बढ्दै गइरहेको उनले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap