दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध

दार्चुलामा महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडकखण्ड अवरुद्ध भएको छ। मंगलबार महाकाली नगरपालिका–९ बेतस्थित चुनेभिरमा महाकाली नदीले ३० मिटरजति भासिएपछि  सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। दार्चुला सदरमुकाम खलंगासँग तराई तथा संघीय राजधानी काठमाडौंसँग जोड्ने सो सडक अवरुद्ध हुँदा बस, ट्रक लगायतका ठूला सवारी साधानहरु ठप्प अवस्थामा छन्। सवारी साधन ठप्प हुँदा आवश्यक कामका लागि आवतजावत गर्ने यात्रु समस्यामा परेका छन्।

अवरुद्ध रहेको सडकलाई अहिले खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए।

कतिपय यात्रु सडक भासिएको ठाउँबाट पैदल हिँडेर वारपार गरिरहेको उनले बताए। उनका अनुसार अवरुद्ध सडक सुचारु गर्न अझै केही समय लाग्नेछ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap