दार्चुलामा घरको छतबाट लडेर एक जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
दार्चुलामा घरको छतबाट लडेर एक जनाको मृत्यु

दार्चुला, ७ असाेज ।  दार्चुलामा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको ज्यान गएको छ ।

जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ७ धापका २५ वर्षीय विरेन्द्र रैखोलाको मृत्यु भएको हो ।

धापकै झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका रैखोलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

रैखोलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गर्ने तयारी भइरहँदा मृत्यु भएको बताइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap