दाम्पत्य जीवनमा प्रवेश गरे पनि शोभा प्रधानले परिवारको लागि समय दिनसकेनन् ?


लेखक : सुन्दराञ्चल      असार १६, २०७९ मा प्रकाशित     
दाम्पत्य जीवनमा प्रवेश गरे पनि शोभा प्रधानले परिवारको लागि समय दिनसकेनन् ?

असार  १६  काठमाण्डौं,  शोभा प्रधान रामेछापमा एसएलसी दिएर बसेकी थिइन् । त्यतिखेरसम्म उनले रोहितको नाउँ सुनेकी पनि थिइनन् । जब उनी रोहितको मगनीमा परिन् तब उनले रोहितको सङ्क्षिप्त परिचय सुन्न पाइन् । बिहे गरेपछि मात्रै उनले रोहितको जीवनी क्रमशः बुझ्दै जान थालिन् । उनले बिहेपछि नै आईएको अध्ययन गरिन् ।

रोहितको दाम्पत्य जीवन चलिरहे पनि उनीहरूबीच त्यति भेटघाट र सम्पर्क हुन पाउदैनथ्यो । रोहित पार्टीको कामले हिडिरहने भएकाले उनको घरमा गाँसवासको टुङ्गो हुँदैनथ्यो । शोभा विजुक्छेँ स्कुलमा पढाउन जान्थिन् । रोहित जुनसुकै बेला आएर हटकेसको भात खाने गर्थे । कहिलेकाहीँ त शोभा विजुक्छेँलाई पनि चित्त दुख्थ्यो र भन्ने गर्थिन्— ‘मैले आफ्नो लोग्नेसँग भेट्न पनि पार्टी कार्यालयसँग समय मिलाउनुपर्ने हो रु’ वास्तवमा रोहित प्रायः पार्टीकै काममा सधैँ घरबाहिर नै रहने गर्थे । रोहितको यसै विषयलाई लिएर उनकी पत्नी शोभा विजुक्छेँ भन्ने गर्थिन्— ‘मेरा श्रीमान् प्रायः सधैँ राति घर आउने गर्नुहुन्थ्यो । उहाँले सधैँ थर्मसमा राखेको खाना मात्र खाएको मलाई थाहा छ । तर खानाचाहिँ मैले नै पस्कनु पर्थ्यो । कहिलेकाहीँ त म निद्रामा नै उहाँको सेवार्थ जुट्ने गर्थें । हाम्रो भेटघाट र सुखदुखका कुरा गर्न आइतबार कुर्नु पर्थ्यो । हाम्रो जीवनको यस्तो कुरा साथीहरूलाई भन्दा पत्याउदैनथे । यस विषयमा कुरा चल्दा साथीहरू भन्ने गर्थे— यस्तो पनि जीवन हुन्छ र रु’

दाम्पत्य जीवनमा प्रवेश गरे पनि रोहितको सुताइ मध्यरात अघि कहिल्यै हुँदैनथ्यो । किनभने उनी कहिलेकाहीँ छिटो घर आए तापनि पढाइलेखाइतिर लाग्थे र खाना खाएर सुत्दा रातिको बाह्र त बजाइहाल्थे । यस सन्दर्भमा रोहितको भनाइ अर्कै हुन्थ्यो— ‘शोभालाई छिट्टै निद्रा लाग्थ्यो । म उनलार्ई तिमी सुत भन्थे र आफूचाहिँ पढिरहन्थे ।’

रोहित आफ्नो घरमा बिरलै बसोबास गर्थे । उनी कहिलेकाहीँ आफ्नी पत्नी र छोराहरूसँगै भात खान बसे भने छोराहरू उनलार्ई जिस्क्याएर भन्ने गर्थे बुवा— ‘आज पानी पर्ला है १’ वास्तवमा रोहितको जीवन सङ्गठन, कार्यक्रम र जनसम्पर्कमा नै बितिरहन्थ्यो । त्यसैले उनले आफ्नो परिवारलाई एकसरो माया गर्न पनि त्यति भ्याउदैनथे ।

रोहितको व्यस्त जीवनबारे उनकी पत्नी भन्ने गर्थिन्— ‘श्रीमान्ले मेरा लागि पनि समय दिनुभएन र छोराहरूका लागि पनि समय निकालेको मलाई थाहा छैन । कहिलेकाहीँ कतै डुल्न जाने कार्यक्रम राखिहाल्यौँ भने पनि हिड्ने बेलामा उहाँका मान्छे आउने गर्थे र हाम्रो कार्यक्रम रद्द हुन्थ्यो ।’ अनि यस विषयमा स्पष्टीकरण दिदै रोहित भन्थे— ‘काठमाडौ उपत्यकाका साथीभाइ आउँदा लौ अर्को दिन भेटौ भन्न सक्थेस तर टाढा जिल्लाका साथीभाइलाई कसरी भोलि आऊ भन्नु रु रोहितको काम गर्ने यस्तै शैलीलाई देखेर उनकी पत्नी र छोराहरूले पनि आफूहरूलाई डुलाउने, घुमाउने र समय दिने बाबुका वचनलाई जवाफ दिने गर्थे— ‘अरू नेताहरूले चुनावका बेला जनतालाई आश्वासन दिएजस्तो हामीलाई पनि आश्वासन नदिनुहोला १’

रोहितले एकातिर आफूभन्दा निक्कै कान्छीसँग बिहे गर्नु र अर्कातिर आफू घरीघरी जेल पर्नु, कहिले भूमिगत हुनु र ज्यादाजसो घर बाहिर बाहिर हुनुले पनि उनको दाम्पत्य जीवन सबै किसिमले सन्तोषजनक बन्न सकेन । वास्तवमा रोहितले शोभालाई साँच्चै छानेर नै बिहे गरेका थिए । त्यसैले सधैँ चाहेजस्तो नभए पनि रोहितको दाम्पत्य जीवनमा कहिले हुरी बतास आएन । रोहितले जहाँ र जहिले पनि शोभालाई नै सम्झिरहे । उनले जेलबाट पनि थुप्रै पल्ट शोभालाई चिठीहरू लेखे । यसै क्रममा उनले आफ्नी प्रिय शोभालाई घरी निराशाले छाएका र घरी रोमान्टिक चिठीहरू पनि लेख्न चुक्तैनथे । यस प्रसङ्गमा रोहितले शोभालाई प्रकृतिका विषयमा लेखेको एउटा चिठीको बेहोरा यहाँ उद्धृत गर्नु सान्दर्भिक नै हुन्छ—

‘ऋतु परिवर्तन हुदै छ, मानिसहरूको मन उद्वेलित भए जस्तै १७ माघ २०४६ को दिन बतास चल्यो, धुलो उड्यो, सबैले सम्झे अब वसन्त आउँदै छ । १८ गते वसन्त सुरु भएको घोषणा रेडियो नेपालले गर्यो । तर कोपिलाहरू फुटिसकेका छैनन्, न फूल नै फुलेका छन् । होस कारागारका बारीहरूमा लसुन, प्याज र पालुङ्गोमा हरियाली लहलहाएको छ । आज उत्तरतिर हेरेँ, हिमाल कञ्चन छ, टिलिक्क टल्केको छ । हिजोअस्ति त बादल र धमिलो ओड्ने ओढेको थियो हिमालले । तर आज हिमालको अघिल्लो पङ्क्तिमा रहेका खैरा पहाडका टुप्पाहरूमा पनि हिउको टलपल देखेँ, अरू गाढा हरियो पहाड, घरहरू, पात झरेका रूखहरू यथावत् थिए ।

‘संस्कृत र नेपाली साहित्यमा वसन्तलाई हरियाली, कोपिला, फूल, आह्लाद, सुन्दरता, कोमलता, आनन्द, जोस, जाँगर र जीवनको प्रतीकको रूपमा लिइएको छ । तर बेलायतका अङ्ग्रेजी कवि वडर्स्वर्थले वसन्तलाई हुरी, बतास, धूलो र गरिबहरूको छाना उडाउने अहङ्कारी र ध्वंसको प्रतीकको रूपमा लिएका छन् । अङ्ग्रेजी कविहरूको सम्झनाले मलाई पुनः मेरो कलेजको जीवनमा लग्यो । अङ्ग्रेजी साहित्यका कविहरू र कविताहरू सम्झेँ । साह्रै कम उमेरमै तर सशक्त काव्य लेख्ने किट्सले प्रेमिकाको ओठमा अमृतको अनुभव गर्थे । उनी मर्न पनि साह्रै कम उमेरमा मरे । शेली सुन्दरतम कवि थिएस उनको फेसन नै बेलायतको फेसन बन्थ्यो । उनी बजारमा आउँदा युवायुवतीहरू मन थामेर उनलार्ई हेरिरहन्थे । तर आश्चर्य, उनी क्रान्तिकारी कविता लेख्थे । वर्डर्स्वर्थले आफ्नै प्रेमिकालाई सम्झेर प्रेमका धेरै गीतहरू लेखे, उनी राजकवि पनि भए । कुनै बेलायती कवि चराचुरुङ्गीले काम गर्दैनन्, हामी मानिस सृष्टिका मुकुट भएर किन काम गर्ने, बरु अफिम खाएर बसौँ भन्ने कविता लेख्थे भने कुनै प्रिय, तिमी नाचबाट फर्क, म घाँस भएर पर्खने छु, तिम्रो पाउको स्पर्शले म बिउझन्छु भनेर लेख्थे । तर शास्त्रीयतावादी कविहरू भने कला र सौन्दर्यमा ध्यान दिन्थे, समय र कालको क्षणभङ्गुरता र आनन्दको खोजीमा लेख्थे ।’

रोहित बिहे गरेपछि आफ्नी श्रीमती लिएर सर्वप्रथम आफ्नै ससुराली गाँउ रामेछाप गएका थिए । त्यसपछि उनी सपत्नी धनकुटातिर पनि गए । उनलाई पत्नी डुलाउने, घुमाउने त्यति फुर्सद नभए तापनि पार्टीको काम पनि मिलाएर उनी कहिलेकाहीँ शोभा विजुक्छेँलाई साथमा लिएर जाने गर्थे ।

बिहे गरेपछि एक पटक रोहित ललितपुरको चिडियाखाना पनि सपत्नी पुगेका थिए । वास्तवमा उनीहरू चिडियाखाना हेर्ने हिसाबले होइन, नक्खु जेलमा रहेका आफ्ना मित्र बुद्धिकुमार गोसाईंलाई भेटेर फर्कंदा ‘श्रीमतीलाई चिडियाखाना पनि देखाइदिई हालू न’ भन्ने हिसाबमा त्यहाँ पुगेका थिए । रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap