दाँत खिइने रोग र यसको उपचार


लेखक : सुन्दराञ्चल      साउन १४, २०७८ मा प्रकाशित     
दाँत खिइने रोग र यसको उपचार

कतियको समस्या हुन्छ, दाँतबाट रगन बग्ने । सास गन्हाउने । पाइरियाको कारण पनि यस्तो हुन्छ । दाँतको उचित रेखदेख नगरेमा पाइरियाको संभावना रहन्छ ।

दाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ ।

गीतहरुमा भनिन्छ, ‘मिलेका ति दाँतका पंक्ती ।’ दाँत राम्रो भएन भने समग्र अनुहारको सौन्दर्य फिका हुन्छ । त्यसैले दाँतको हेरचाह यसकारण गर्नुपर्छ कि, त्यसले स्वास्थ्यसँगै सौन्दर्यमा खास भूमिका खोल्न सकोस् ।

सामान्यतया दाँतको राम्ररी सरसफाई तथा हेरचाह नगरेको अवस्थामा दाँतमा समस्या देखापर्छ ।

मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छ, जसको संख्या करौडोको हाराहारीमा हुने गर्छ । यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदी मुख, दात तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दात तथा गिजालाई हानी पु¥याउने गर्दछ ।

विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ र त्यसबाट खुन निस्कन थाल्छ ।

त्यसबाहेक, कलेजोको खराबीका कारण पनि रगतमा अम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दात पायरियाबा टप्रभावित हुने गर्छ ।

त्यस्तै, पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुन गर्छ ।

सामान्यतथा पायरिया कैल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ ।

पायरिया भएमा सासबाट दुर्गन्ध आउन थाल्छ । गिजा सुन्निन थाल्छ । दात कजोर भई हल्लिन थाल्छ । बढी तातो तथा चिसो पेय पदार्थको सेवनले दात सिरिङ्ग हुन थाल्छ । छुँदा समेत गिजा सुनिन थाल्छ । साथै दुई दाँतको बीच ग्याप रहन थाल्छ ।

खाना पछि दैनिक दुई पटक ब्रस गर्न जरुरी छ । ब्रस गर्दा दाँतको राम्ररी सफाई गर्नु पर्छ । दाँत सफा गर्दा नरम ब्रसको प्रयोग गरौ । राती सुत्नु अगावै दातको राम्ररी सफाई गर्नु पर्छ । हरेक पटक खाना खाएपछि राम्ररी मुख कुला गर्नुपर्छ ।

अन्यथा समयमै उपचार नगरेको खण्डमा पायरिका कारण दाँत तथा गिजामा संक्रमण भई दाँत झर्न थाल्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap