दशै लागे संगै स्वदेश फर्किन थाले परदेशी


लेखक : सुन्दराञ्चल      अशोज १८, २०८१ मा प्रकाशित     
दशै लागे संगै स्वदेश फर्किन थाले परदेशी

आश्विन १८,  कलिलैमा रोजगारीका लागि भारत पसेका डोटी सिलगढीका तीर्थ पञ्जेडाको अनुहारमा चमक देखिन्थ्यो । उनी आफूसँगैका तीन जना दौतरीसँग दुई वर्षपछि बिहीबार घर फर्किरहेका थिए । ‘कमजोर आर्थिक अवस्थाका कारण १४ वर्षको उमेरमै परिवार छोडेर भारत पसेको थिएँ,’ भारतको महाराष्ट्रबाट फर्किने क्रममा कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भेटिएका पञ्जेडाले भने, ‘दसैँ मनाउन घर फर्किन पाउँदा खुसी लागेको छ ।’

तर, उनलाई ठाउँठाउँमा भइरहेको जाँचले भने सास्ती दिइरहेको थियो । उनी पाँच सय मिटरको त्रिनगर भन्सार क्षेत्रमा सातपटक जाँचमा परेको बताउँदै थिए । ‘बारम्बार झोलीझिम्टा खोलेर देखाउँदा सास्ती भइरहेको छ,’ उनले भने, ‘नाकामा एकपटक नेपाल र एकपटक भारतीय पक्षबाट जाँच भए त भैहाल्थ्यो होला नि ।’
भारतको पुनाबाट फर्किरहेका डडेल्धुरा बगरकोटका भोजबहादुर ठकुराठीको गुनासो पनि पञ्जेडाको जस्तै थियो । ‘ठाउँठाउँमा भइरहेको जाँचले नाका पार गर्नै हामीलाई एक घण्टा समय लागिरहेको छ,’ उनले भने, ‘ठाउँठाउँमा झोलीझिम्टा खोल्न लगाइएको छ । चाडपर्वको समयमा आवागमनमा सहजता होला भन्ने विश्वास थियो । तर, अहिले पनि निकै सास्ती छ ।’

त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले चेकजाँच गर्दै आएको छ । केही दिनअघि मात्रै भारतको गौरीफन्टामा भएको दुई देशका सुरक्षाकर्मीको समन्वयात्मक बैठकले आवागमनलाई सहज बनाउने सहमति गरेको थियो ।

चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमति भएको विवरण सार्वजनिक गरेका थिए । तर, अहिले पनि आवागमनमा सास्ती कायमै रहेको डोटी पुर्वीचौकीका प्रकाश बटालाले बताए । ‘एसएसबीले सास्ती नदिए पनि भारतीय भन्सारका कर्मचारीले अहिले पनि सय र दुई सय रुपैयाँ लिइरहेका छन्,’ उनले भने, ‘भन्सारकर्मीलाई पैसा दिएपछि मात्रै छुटकारा मिलिरहेको छ ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतको भन्दा आवागमनमा सहजता भएको दाबी गरे । ‘नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका हुन्न,’ उनले भने, ‘एसएसबीले पूर्ण रूपमा सहजीकरण गरिरहेको छ । भारतीय कस्टमका विषयमा केही गुनासो आएका छन् । छलफलबाट समस्या समाधान गर्छौं ।’

उनका अनुसार सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको हो । ‘सशस्त्रले त्रिनगर भन्सारको पुलपारी अर्थात् सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारी गरी तीन ठाउँमा पोस्ट राखेको छ,’ उनले भने, ‘पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो । त्यहाँ प्रतिबन्ध लगाइएका वस्तुको आयात रोक्न चेकजाँच हुन्छ । मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ । पुलवारीको पोस्टले भने भन्सार सुरक्षाको काम गर्छ, जहाँ भन्सार छलीका सामानको आयात रोक्ने काम हुँदै आएको छ ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap