दशैं मनाउन काठमाडौं उपत्यकाबाट यात्रुहरु आ-आफ्नो गाउँघरतर्फ फर्कने क्रम जारी ८ लाख मानिस उपत्यकाबाट बाहिरिए


लेखक : सुन्दराञ्चल      अशोज २४, २०८१ मा प्रकाशित     
दशैं मनाउन काठमाडौं उपत्यकाबाट यात्रुहरु आ-आफ्नो गाउँघरतर्फ फर्कने क्रम जारी ८ लाख मानिस उपत्यकाबाट बाहिरिए

आश्विन २४,  दशैं मनाउन काठमाडौं उपत्यकाबाट यात्रुहरु आ-आफ्नो गाउँघरतर्फ फर्कने क्रम जारी छ । आज बिहानसम्म करिब ८ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायी महासंघले जनाएको छ ।

आजदेखि सरकारी बिदा सुरु भएकाले गृहजिल्ला प्रस्थान गर्नेहरुको भीड अरु दिनभन्दा आज बढेको हो । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क, कलंकी, बल्खु लगायतका स्थानमा काठमाडौंबाट बाहिरिनेहरु बिहानैदेखि हतारिइरहेका देखिन्थे । दुई साताअघिको वर्षापछि बाढी-पहिरोले बिग्रिएका बाटोहरु मर्मत-सम्भार गरी आवतजावत गर्न योग्य बनाइएपछि दशैंमा घर फर्किनेहरुको संख्यामा पनि वृद्धि भएको हो । यद्यपि दशैंमा सवारी साधन पाउने भए पनि भाडा महँगो र टिकट लिन समस्या परेको यात्रुको अनुभव छ ।

काठमाडौं बाहिरिने यात्रुको संख्या उल्लेख्य भएकाले प्रहरीले छतमा नचढ्न, सवारी साधनमा नझुन्डिन र सिट क्षमताभन्दा बढी यात्रु नराख्न सचेत गराएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap