दल विभाजन अध्यादेशविरुद्ध एमाले सचिव गोकर्ण विष्ट, ‘प्रतिगामी निर्णयको सबैले विरोध गरौं’


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
दल विभाजन अध्यादेशविरुद्ध एमाले सचिव गोकर्ण विष्ट, ‘प्रतिगामी निर्णयको सबैले विरोध गरौं’

काठमाण्डाै १ भाद्र । कपा एमालेका सचिव गोकर्ण विष्ट सरकारको दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयविरुद्ध उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सचिव विष्टले अध्यादेश ल्याउने प्रतिगामी निर्णयको सबैले विरोध गर्न आह्वान गरेका छन् । एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहँदै आएका सचिव विष्टले अध्यादेशको विरोध गरेर एमालेमै रहने संकेत दिएका छन् ।  विष्टले लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढंगले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्योलता र अराजकता सिर्जना गर्नेछ । दलहरूप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौं । फिर्ता लिन बाध्य पारौं ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap