थारु समुदायको अष्टिम्की !


लेखक : सुन्दराञ्चल      भदौ १५, २०७८ मा प्रकाशित     
थारु समुदायको अष्टिम्की !

कञ्चनपुर १५ भाद्र शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका विश्राम चौधरीलाई अष्टिम्की श्रीकृष्ण जन्माष्टमीका अवसरमा घरको बरही बैठक कोठामा चित्र कोर्ने हतारो छ । गाउँका धेरै जनाले उनलाई अष्टिम्कीका लागि चित्र कोर्नका लागि बोलाउने गरेका छन्। गाउँमा अष्टिम्कीका लागि चित्र कोर्नेको सङ्ख्या थोरै मात्रै छन् ।

घरका बुढापाकाबाट उनले चित्र कोर्न सिकेका हुन्। अष्टिम्कीको चित्र कोर्न सिकेका थोरै जना भएकाले दुई दिनदेखि बेफुर्सदिलो भएको उनले बताए । “छ वटा घरमा अष्टिम्कीको चित्र कोरी सकेको छु”, उनले भने, “अझैँ १० घरबाट चित्र कोर्नका लागि बोलाएका छन्।”

पिढीदर पिढी हस्तान्तरण हुँदै आएको चित्र बनाउने सीप सिकेका उनले चित्र कोर्ने कार्य भने निःशुल्क रुपमा गर्दै आएका छन्। चित्र कोर्नका लागि धेरै जनाले घरमै परम्परागत रुपमा रङ तयार गर्दै आएका छन्। केहीले बजारबाट रङ खरिद गरी ल्याउने गरेका छन्।

पहिला अष्टिम्कीका चित्र महिलाले मात्रै बनाउने गर्दथे। हाल पुरुषले पनि चित्र बनाउन थालेका छन्। अष्टिम्कीका अवसरमा मानव जातीको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापलाई चित्रका माध्यमबाट देखाईने गरिन्छ।

 

चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गङ्गटा, सर्प, कुकुर, रुखमा सबेका बाँदर गड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उट, कुखुरा, मयुर, विच्छी, बासुकी नागलगायत जलचर र थलचर प्राणीका चित्र बनाइने गरिन्छ।

चित्र बनाउनेबीच भागमा दुलही अनमाउँदा दुलहीलाई लैजाने डोलेसहितको डोलीको चित्रका माध्यमले देखाउने गरिन्। अन्न राख्ने भाँडो र दिवालमा यी चित्र बनाइने गरिएको छ। “चित्रलाई तीन भागमा विभाजन गरी बनाइने गरिन्छ”, पूर्वथारु वडघर मनीराम चौधरीले भने, “सबैभन्दा मुनीको भागमा निलो रङले पोतिएको जलमण्डलभित्र जलचर प्राणाीको चित्रण गरिन्छ।

जलमण्डलको बायाँतर्फको भागमा डुङ्गामा बसेको मानव आकृतिको चित्रण गरिन्छ।” उनका अनुसार जलमण्डलको माथि थलचर प्राणीको चित्र कोर्ने गरिन्छ। बीचको भागमा दुलही अन्माउने डोलीसहित सम्धी मेलो गर्न लागेको चित्र चित्रण गरिन्छ।

माथिल्लो भागमा वृक्षमा बसेर कान्हा श्रीकृष्णमुरली बजाँदै गरेको चित्रलाई कोर्ने गरिन्छ। योसँगै खेत जोती रहेको, माछा मार्न जाल हान्दै गरेको, हल गोरु लग्दै गरेको, महिलाले पराल बोकेकोलगायत कुरा चित्रण गरिएको छ।

सिलौटामा पिँधेको चामल, धानको भुसको प्रयोग गरी डेहरी वा भितामा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङमा डुबाइ चित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङमा कुर्चीको प्रयोग गरी चित्र बनाइने गरिएको छ।

सृष्टिको रचनादेखि मानव जातीलाई बाच्नका लागि आवश्यक पर्ने बस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारु समुदायको लोक चित्रकलाको निकै महत्व रहेको थारु अगुवा नरेन्द्रप्रसाद चौधरीले बताए। थारु समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ्ग बनाउने गर्दथे। हाल अधिकांशले बजारमा पाइने रङको बढी प्रयोग गर्ने गरेका छन्।

थारु समुदायले काले रङ शून्यताको प्रतीक, रातो रङ जीवनको उमङ्गता, हरियो रङ धैर्यताको प्रतीक, पहेँलो रङ बुद्धिमताको प्रतीक, खैयर रङ शरीरको संवेगात्मक अवस्थाको प्रतीक र निलो रङलाई परम्परा र मूल्य मान्यताको प्रतिकका रुपमा लिइने गरिन्छ।

अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरिएपछि महिलाले निरहार बसी भोको पेटमा परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने गरेको रामप्रसाद चौधरीले जानकारी दिए।

पूजा गर्दा घरका सबै सदस्य पूजा गर्ने ठाउँमा जम्मा हुने गर्दछन्। उनले भने, “ब्रतालु महिला चोखो गरी पकाएको खाना र फलफूल ग्रहण गर्दछन्।”अष्टिम्कीको रातभरी जाग्राम बसी घरका सबै जनाले कान्हा श्रीकृष्ण को परम्परागत लोक भाखामा गीत गाउने गर्दछन्।

पहिला गाउँका मुखिया (वडघर) मा अष्टिम्कीको चित्र बनाइ सामूहिक पूजा गर्ने चलन रहेको थियो। हाल कार्य व्यस्तताले गर्दा आआफ्नो घरमा अष्टिम्की मनाइने गरिन्छ।

अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी पूजा गरिएको सामग्री, चामलको दियो बनालेर नदी तलाउमा विर्सजन गरी स्नान गरेर सबै जना घर फर्कने गर्ने चलन रहेको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap