थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त


लेखक : सुन्दराञ्चल      अशोज १०, २०७८ मा प्रकाशित     
थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

१० असोज, काठमाडौं ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap