थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
थप ३,४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap