मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ ।