थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      साउन ३०, २०७८ मा प्रकाशित     
थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

३० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ भने १,३२० जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ । जसमध्ये ६ लाख ८० हजार ८१५ जना संक्रमणमुक्त भएका छन् भने १० हजार २५९ जनाको मृत्यु भएको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ जना रहेको छ । जसमध्ये ३६ हजार २ जना होम आइसोलेसनमा र ३४०३ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७६० जना सघन उपचार कक्षमा र तीमध्ये १८६ जना भेन्टिलेटरको सहायताले उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९५ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्कीमा २१३, चितवनमा १४३, झापामा १०३, मोरङमा ९४, मकवानपुरमा ४७, कैलालीमा ४५, सुनसरीमा ४२, रुपन्देहीमा ४०, सुर्खेतमा ३७, दाङमा ३१, नवलपरासी पूर्वमा ३२ जना संक्रमित भेटिएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap