थप २५४ जनामा कोरोना संक्रमण पुष्टि


लेखक : सुन्दराञ्चल      पुस २९, २०७८ मा प्रकाशित     
थप २५४ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा बितेको २४ घण्टामा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र १९१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

१ हजार ७३५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ।संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका १६८ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कैलालीको त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ६१, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०४ झुलाघाट नाकाबाट फर्केका एक जना र पुलघाट नाका दार्चुलामा दुई जनामा संक्रमण पुष्टि भएको हो। विभिन्न नाका भएर भारतबाट फर्किरहेका व्यक्तिबाट सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण समुदायस्तरमा संक्रमण उच्च हुने खतरा बढेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap