थप १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
थप १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए

१८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये ६६७ जना काठमाडौं उपत्यकाका हुन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap