थप १,६७७ जनामा कोरोना संक्रमण, २,०७२ जना संक्रमणमुक्त


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
थप १,६७७ जनामा कोरोना संक्रमण, २,०७२ जना संक्रमणमुक्त

२२ भदौ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जनाा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०७२ र कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ रहेको छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ भने ७ लाख ३१ हजारजना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६४, मोरङमा १६१, सुनसरीमा १४९, झापामा १२४, कास्कीमा ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ८९, भक्तपुरमा ६६, चितवन र नुवाकोटमा ३८/३८ जना, रुपन्देहीमा ३४, सुर्खेतमा ३१ जनमा कोरोना संक्रमण देखिएको छ ।

बर्दिया र कैलालीमा १४/१४ जना, नवलपरासी पुर्व र दाङमा १३/१३ जना तथा मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap