थप १,६४० जनामा कोरोना संक्रमण, २, १६१ जना संक्रमणमुक्त


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७८ मा प्रकाशित     
थप १,६४० जनामा कोरोना संक्रमण, २, १६१ जना संक्रमणमुक्त

२३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार 640 जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७  जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४०  जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१  जना निको भएका छन् ।

बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

१० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap