धनगढी २४ भाद्र । सेती प्रादेशिक अस्पतालमा बिहीवार गरिएको कोरोना परिक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ जनाको नमूना परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै ५८ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
हाल सेती अस्पतालमा १७ कोरोना संक्रमित उपचाररत रहेको छ । जसमध्ये ७ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ । यस्तै बितेको २४ घन्टामा २ जना कोरोनाका बिरामी अस्पताल भर्ना भएका छन् भने २ जना निको भएर घर फर्किएका छन् ।