थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

२८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।

यस्तै १० वर्षमुनिका २३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३०१, झापामा १२०, मोरङमा ११४, कास्कीमा ९६, सुनसरीमा ८२, चितवनमा ८१, ललितपुरमा ६८, भक्तपुरमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ४१, नुवाकोटमा २२, नवलपरासी पुर्वमा १९, स्याङजामा १५ र मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap