थप ११ सय ४६ जनामा कोरोना संक्रमण, २१ मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ २५, २०७८ मा प्रकाशित     
थप ११ सय ४६ जनामा कोरोना संक्रमण, २१ मृत्यु

काठमाडौं : १० हजार ९१६ नमूना परीक्षणमा ११ सय ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टमा ८५ सय ४९ नमूनाको पीसीआर र २३ सय ६७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ९६१ र एन्टिजेनबाट १८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप १६ सय ६० जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ छ।
पछिल्लो २४ घन्टामा २९ हजार १८९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। यस्तै ४५८ जना आइसीयूमा र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap