थप १,१५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
थप १,१५७ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

१३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् । जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ र मृत्यु हुनेको संख्या ८ रहेको छ ।

हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै १६ हजार ८७८ जना होम आइसोलेसनमा छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap