मङि्सर ०४, पृथ्वी राजमार्गअन्तर्गत् धादिङमा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ। नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार रोराङ गाउँपालिका–१० खयरघारीमा बिहान ५:५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ।
ट्रक भने नदीमै रहेको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले ट्रकमा रहेको सामान र ट्रक निकाल्ने प्रयास गरिरहेको प्रहरीले बताएको छ। ट्रक आफैं अनियन्त्रित भई दुर्घटना भएको र उद्धार गरिएकाहरूको अवस्था सामान्य रहेको र उपचारका लागि चितवन पठाइएको प्रहरीले बताएको छ।