त्रिविले भन्याे– ‘अहिले चलिरहेका परीक्षा राेकिँदैन’


लेखक : सुन्दराञ्चल      साउन २५, २०७८ मा प्रकाशित     
त्रिविले भन्याे– ‘अहिले चलिरहेका परीक्षा राेकिँदैन’

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालनमा भइरहेकाे कुनै पनि परीक्षा नराेकिने बताएकाे छ । आइतवार एक सूचना प्रकाशित गर्दै त्रिविले तालिका प्रकाशित गरिसकेका र परीक्षा चलिरहेका स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायका भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय गरेको हाे ।

विद्यार्थीकाे सङ्ख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक पुष्पराज जाेशीले जानकारी दिनुभएकाे छ ।

यस्तै भदौ ५ पछि कोरोना सङ्क्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap