त्रिविमा थेसिस बुझाउन बाँकी परीक्षार्थीलाई एक पटकका लागि मौका दिने ,


लेखक : सुन्दराञ्चल      माघ ४, २०८० मा प्रकाशित     
त्रिविमा थेसिस बुझाउन बाँकी परीक्षार्थीलाई एक पटकका लागि मौका दिने ,

४ माघ, काठमाडौं , त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले २०५८ सालपछि भर्ना भई थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको छ ।

गत २५ पुसमा बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गतका २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भई सैद्धान्तिक परीक्षा पास गरेका तर थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको जनाएको छ ।

वार्षिक प्रणाली अन्र्तगत २०५८ मा भर्ना भई भएका र सो पछि भर्ना भई समय सिमा काटेकाहरु तथा समेष्टेर प्रणाली अन्तर्गत २०६८ सालमा भनाई भई समय सिमा काटेकालाई असार मसान्त २०८१ भित्र सम्बन्धित क्याम्पस/विभागमा बुझाइ भाईभा समेत गर्ने गरी एक पटकको लागि अवसर दिने निर्णय गरेको छ ।

साथै एमफिल तहका परीक्षार्थीहरुको हकमा २०६८ सालमा भर्ना भई समय सिमा काटेकालाई पनि एक पटकको लागि मौका दिने निर्णय गरेको उल्लेख गरिएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap