त्रिविका परीक्षा सञ्चालन भएका क्याम्पसहरूमा अनुगमन प्रधानमन्त्री शेरबहादुर देउवा


लेखक : सुन्दराञ्चल      माघ ६, २०७८ मा प्रकाशित     
त्रिविका परीक्षा सञ्चालन भएका क्याम्पसहरूमा अनुगमन प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं माघ ६ ,प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षामा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए/नभएको अनुगमन गर्न र्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका क्याम्पसहरूमा अनुगमन गर्न र कोभिड-१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९ का मापदण्ड पालना भए/नभएको अनुगमन गर्न उनले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले परीक्षा हलमा कोभिड-१९ का मापदण्ड नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रियाअघि बढाउन पनि मुख्यसचिव बैरागीलाई निर्देशन दिएका छन् ।  फरकधार

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap