त्रिभुवन विमानस्थलबाट तीन केजी बढी सुनका गहनासहित दुई जना पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ ३०, २०७८ मा प्रकाशित     
त्रिभुवन विमानस्थलबाट तीन केजी बढी सुनका गहनासहित दुई जना पक्राउ

३० भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारी पक्राउ परेका हुन् ।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि उनीहरुलाई ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap