त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ


लेखक : सुन्दराञ्चल      बैशाख २०, २०७९ मा प्रकाशित     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ

काठमाडौं,२० वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् ।कुवेतबाट जजिरा एअरमा आज मंगलबार बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ ।

ऐनको व्यवस्था अनुसार १०० ग्राम सुनको एक लाख ५६५ रुपैयाँ राजस्व तिर्नु पर्ने भए पनि ती युवकले राजस्व छल्नकै लागि लुकाएर सुन ल्याएको कार्यालयले जनाएको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap