तीन महिनापछि साँफे–मार्तडी सडक जोडियो


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
तीन महिनापछि साँफे–मार्तडी सडक जोडियो

बाजुरा – अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तीन महिनापछि मर्मत भएको छ । पहिरोले गएको असार १५ गतेदेखि बन्द रहेको सडक खुलेको हो ।

सडक विभागले भत्किएको ठाउँमा मर्मत गरेपछि साँफे–मार्तडी सडक जोडिएको छ । यो बाटो बनेपछि बाजुरा, हुम्ला र मुगुका स्थानीयबासिन्दालाई सहज भएको छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको बार्जुगाडदेखि मार्तडीसम्मको २९ किलोमिटर सडकमा दर्जनौँ ठाउँमा पहिरो गएको थियो ।

मर्मतपछि अहिले साना गाडी र ट्याक्टर चल्ने भैसकेको र ठूला बस पनि गुडाउन मिल्ने गरी काम भैरहेको सडक विभागका ईन्जिनियर दमन बिष्टले बताउनुभयो ।

सडक शिलान्यासको २७ वर्षसम्म पनि बाजुरावासीले सास्ती भोग्दै आएका छन् । कुनै बर्खामा पनि ढुक्कसाथ सडक सञ्चालन भएको छैन । अछामको साँफेबगरबाट मार्तडीसम्मको ५७ किलोमिटर सडक निर्माणमै करिब पौने दुई अर्ब रुपैयाँ बजेट खर्च भइसकेको छ । यति धेरै खर्च हुँदा पनि स्थानीयले भने सडककै कारण बर्सेनि दुःख पाइरहनुपर्ने अवस्था छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap