‘तिम्रो मन बदलिएछ’ भन्दा बलियो कि कमजोर ‘किन यसरी’को भिडियो ?


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
‘तिम्रो मन बदलिएछ’ भन्दा बलियो कि कमजोर ‘किन यसरी’को भिडियो ?

गायक प्रमोद निर्वाणले २ दशक अगाडि तयार पारेको गीत हो, ‘किन यसरी विना अर्थले’ । आफूलाई धोका दिएकी प्रेमिकाको यादमा प्रमोदले यो गीत तयार पारेका थिए । यो गीतले सो समयमा हंगामा नै मच्चाएको थियो । यस्तै केही गीत सार्वजनिक गरेपछि प्रमोद घरयासी काममा नै व्यस्त बने । उनी, म्युजिक क्षेत्रमा त सक्रिय थिए तर नयाँ पुस्ताले उनलाई विर्सिएको थियो ।

उनै, प्रमोदसँग सहकार्य गर्दै बले इन्टरटेन्मेन्टले यो गीतको रिमेक गरेको छ । रिमेक गीतको भिडियो सार्वजनिक भएसँगै एकपटक फेरि वियोगान्त यो गीत दर्शकको मस्तिष्कमा घुम्न थालेको छ ।

बले इन्टरटेन्मेन्टले यसअघि ‘तिम्रो मन बदलिएछ’ बोलको गीतको रिमेक गरेको थियो । यश कुमारको स्वरमा कुनै समय सुपरहिट भएको यो गीत दर्शकमाझ आएपछि फेरि चर्चामा रह्यो । गीतको भिडियोलाई समेत दर्शकले उत्कृष्ट भने ।

के बले इन्टरटेन्मेन्टले ‘तिम्रो मन बदलिएछ’ जस्तै यो गीतलाई पनि उत्कृष्ट बनाएको छ त ? के सफल निर्देशक निकेश खड्काले यसपटक पनि दर्शकमाझ निर्देशकिय जादु छर्न सफल भएका छन् त ?

कस्तो छ भिडियो ?

यो भिडियोले एक प्रेमीको वियोगान्त कथा भन्छ । आफूले माया गरेकी प्रेमिकाले साथ छाडेपछिको कथा निर्देशकले देखाएका छन् । भिडियोमा सागर लम्साल र शिक्षा संग्रौलाविचको प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा कुशल श्रेष्ठ र संजिता पाण्डेलाई सहयोगी कलाकारको रुपमा हेर्न सकिन्छ ।

आफूले माया गरेकी प्रेमिकाको गाडीको ठक्करले निधन भएपछि उसकै यादमा तड्पिएको एक प्रेमीको कथा हो, ‘किन यसरी’को भिडियो । मायामा झगडा परेपछि आक्रोशमा सडकमा निस्किएकी एक यूवतीलाई एक यूवकले चलाएको गाडीले ठक्कर दिन्छ । घटनास्थलमा दुबै जनाको निधन हुन्छ । तर, दर्शकले यो भिडियोको अन्तिममा मात्र शिक्षा र कुशलको निधन भैसकेको थाहा पाउँछन् । निर्देशकले कथामा ट्विष्ट ल्याएका छन् ।

अभिनयका हिसाबले सागर र शिक्षाले उत्कृष्ट काम गरेका छन् । दर्शकले डान्सिङ भिडियोमा मात्रै हेर्दै आएका सागरले ५ मिनेटको भिडियोमा आफ्नो अभिनय कला देखाउने प्रयास गरेका छन् । शिक्षाको काम पनि उत्कृष्ट छ । सहयोगी कलाकारको रुपमा कुशल र संजिताको भूमिका थोरै छ, तर विशेष छ ।

निर्देशक निकेश खड्काले २ वटा चलचित्र निर्देशन गरिसकेका छन् । उनी भिडियोमा पनि सिंगो चलचित्रको जस्तै कथा भन्न सिपालु छन् । उनले यसअघि ‘तिम्रो मन बदलिएछ’मा बोलेको कथाले दर्शकलाई रुवायो । यसपटक पनि उनले यस्तै प्रयास त गरेका छन् ।

भिडियो मेकिङमा सागर उनको टिमले कञ्जुस्याँई गरेको छैन । तर, यो भिडियो ‘तिम्रो मन बदलिएछ’सँग तुलना गर्दा भने केही कमजोर छ । दर्शकले सागर र शिक्षाको केमेष्ट्रीमा प्रेमको भाव गहिरो तरिकाले पाएका छैनन् । प्रेमको सोही गहिराई देखाउन नसक्दा शिक्षा र सागरको विछोडमा पनि दर्शकको मन चसक्क नहुन सक्छ ।

‘किन यसरी’ गीतको अडियोले जुन मर्म बोलेको छ, भिडियोमा निकेशले सोही मर्मलाई प्रस्तुत गर्ने कोशिश गरेका छन् । तर, यसपटक ‘तिम्रो मन बदलिएछ’ले जसरी दर्शकको दिमाग हल्लाउन यो भिडियोले सकेको भने छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap